रक्षा मन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्नेकुरामा सत्यता नरहेको बताएका छन्।
सोमबार सिंहदरबारमा बसेको सङ्घीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एक जना रथी आएको तर दलबलसहित अरु अमेरिकी सेना नेपाल आएको भन्ने कुरा सत्य नभएको बताएका हुन।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले सो प्रश्न मन्त्री राईलाई गरेका थिइन। उनले एक जना रथी आए पनि अरु अमेरिकी सेना नेपाल नआएको प्रस्ट्याएका थिए।
त्यस अवसरमा मन्त्री राईले महाकाली करिडोर निर्माणको कामलाई नेपाली सेनाले अघि बढाउने विषयलाई आफूले प्राथमिकता दिएको पनि बताए।
प्रकाशित: २६ कार्तिक २०८१ १५:३५ सोमबार