पूर्वमन्त्री एवं नेकपा एमालेका कोशी प्रदेश सांसद लिलावल्लभ अधिकारीलाई काठमाडाैं प्रहरीले आइतबारै अदालतमा उपस्थित गराएकाे छ।
बिहान विराटनगरबाट पक्राउ परेका अधिकारीलाई हवाईमार्गबाट काठमाडाैं ल्याइ आइतबार नै अदालतमा उपस्थित गराइएको हो। अदालतले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा उनलाई प्रहरीले बरगाछीस्थित निवासबाटै पक्राउ गरेको थियो। जापान भ्रमण मन्त्रीपरिषद्बाट स्वीकृत नगराइ आफूसँग असम्बन्धित मानिसहरु लिएर गएको आरोपमा उनलाई पक्राउ गरिएको हो।
यसै कसूरमा प्रकाउ परेका अन्य ६ जनालाई पनि अदालतले अनुसन्धान गर्न प्रहरीलाई दुई दिनको समय दिएकाे छ।
प्रकाशित: २५ कार्तिक २०८१ १६:४२ आइतबार