२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
राजनीति

सनातन धर्मावलम्बीले आज कुष्माण्ड नवमी पर्व मनाउँदै

कार्तिक शुक्ल नवमी, सनातन धर्मावलम्बीले आज कुष्माण्ड नवमी मनाउँदैछन्। आजको यो दिन कुष्माण्ड नवमीलाई अक्षय नवमी, अमला नवमी र धात्री नवमीको नामले चिनिन्छ । 

आजको दिन अमलाको वृक्षको पूजा गर्ने गरिन्छ । भगवान विष्णु कार्तिक शुक्ल नवमीबाट कार्तिक पूर्णिमा तिथिसम्म अमलाको रुखमा निवास गर्नुहुने धार्मिक मान्यता रहेको छ । 

आजको दिन अमलाको अतिरिक्त भगवान् विष्णुजीको पनि विधि विधानले पूजा अर्चना गर्ने गरिन्छ । कुष्माण्ड नवमीको दिन स्नान, पूजा, तर्पण तथा अन्न आदिको दान गर्नाले अक्षय फल मिल्ने शास्त्रमा उल्लेख छ।

यो दिन भगवान् विष्णुले कुष्माण्डक नाम गरेको दैत्यलाई मारेको विश्वास गरिन्छ। आज कुभिण्डो दान गर्दा ठूलो पुण्यलाभ हुने धार्मिक विश्वास छ। 

नवमीदेखि तीनदिनसम्म  वैवाहिक उत्सव गरी   पीपलका साथमा अमलाको  विवाह गराउँदा  पुण्यलाभ हुने मान्यता छ।आजका दिन अमलाका रुखमुनि ब्राह्मणभोजन गराउने वा वनभोज खाने चलन पनि छ।

प्रकाशित: २५ कार्तिक २०८१ ०९:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App