२८ कार्तिक २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

स्थानीय तहको आसन्न उपनिर्वाचन लगायतमा छलफल गर्न नेकपा माओवादी केन्द्रको  पदाधिकारीको बैठक आज बस्दैछ। 

बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ। बैठकमा उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल हुने सचिव दिनानाथ शर्माले बताए। 

माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक उपनिर्वाचन पछि बस्ने भन्दै तत्कालकालागि पदाधिकारी बैठक बोलाएको हो। उपनिर्वाचनमा माओवादी केन्द्रले सत्तारुढ दल बाहेकसँग चुनावमा तालमेल गर्न सक्ने बताएको छ।

प्रकाशित: २५ कार्तिक २०८१ ०८:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App