२१ कार्तिक २०८१ बुधबार
image/svg+xml
राजनीति

स्थानीय तह उपनिर्वाचन: पार्टीका उम्मेदवारलाई जिताउन कांग्रेसका केन्द्रीय नेता फिल्डमा खटिने

<br>

नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनका लागि केन्द्रीय नेताहरुलाई जिम्मेवारी दिँदै फिल्डमा खटाएको छ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा महामन्त्री विश्वप्रकाश शर्माको अध्यक्षतामा बुधबार बसेको ‘स्थानीय तह उपनिर्वाचन-२०८१ केन्द्रीय संयोजन समिति’ को बैठकले निर्वाचन हुने स्थानीय तहका लागि केन्द्रीय नेतालाई जिम्मेवारी तोकेको हो।

उनीहरुले उप–निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्नेछन्।

बैठकले बागमती प्रदेशमा महालक्ष्मी उपाध्याय ‘डिना’,कोसीमा भीष्मराज आङ्दम्बे, मधेसमा महेन्द्र यादव तथा कर्णाली र गण्डकी प्रदेशमा जीवन परियारलाई खटाउन निर्णय गरेको हो।यस्तै प्रकाश शरण महतलाई अन्तर पार्टी समन्वय, एन।पी। साउदलाई सुदूरपश्चिम प्रदेश, पुष्पा भुसाललाई लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वय, मीन विश्वकर्मालाई प्रचार प्रसार संयोजन, मधु आचार्यलाई स्थानीय तह समन्वय र नानु बाँस्तोलालाई सचिवालय व्यवस्थापनको जिम्मेवारी दिइएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकले उप–निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण एकता, सालिनता र सक्रियताका साथ अघि बढ्ने निर्णय पनि गरेको छ।

प्रकाशित: २१ कार्तिक २०८१ १९:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App