ताप्लेजुङमा राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बुधवार सार्वजनिक सूचना जारी गर्दै उक्त समयभित्र अनुशासित र मर्यादित ढंगले देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न गराउन आग्रह गरेकी हुन्।
जिल्ला प्रशासन कार्यालयले यसअघि नै देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रम मर्यादित र अनुशासित बनाउन आग्रह गरिसकेको छ। प्रशासन कार्यालयले उल्लेखित कुराको बर्खिलाप हुनगरी कोहि कसैले गतिविधि गरे गराएमा कानुन अनुसार हुने अवगत गराइसकेको छ।
प्रशासन कार्यालयले कोहि कसैले कुनै अवाञ्छित गतिविधि गरे-गराएमा नजिकैको सुरक्षा निकाय वा जिल्ला प्रहरी कार्यालय वा १००,०२४–४६०१९९ मा सम्पर्क गरी जानकारी गराउन समेत आग्रह गरेको छ ।
प्रकाशित: १४ कार्तिक २०८१ १७:४६ बुधबार