१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन

सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।

उनीमाथि आज संसदीय सुनुवाइ गर्दै समितिले उनलाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गर्ने प्रस्ताव अनुमोदन गरेको हो। योसँगै उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुलेको छ।

समितिको बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन्।

कार्ययोजनामा उनले युरोपेली मुलुक र बहुपक्षीय फोरमहरुमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएकी थिइन्।

सरकारले लम्साललाई गत साउन ३१ गते बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो।

प्रकाशित: १४ कार्तिक २०८१ १०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App