१० कार्तिक २०८१ शनिबार
image/svg+xml
राजनीति

रास्वपा इतिहास नभएको पार्टी: मोहन बस्नेत

<br>

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सिद्धान्त र इतिहासविहीन पार्टीको रूपमा टिप्पणी गरेका छन्।

शनिबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘भर्खरै आएको राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टीको कुनै इतिहास छ ? कुनै विचार छ ? त्यो पार्टीको सभापतिको घर कहाँ हो कसैलाई थाहा छ ?’ उनले प्रश्न गरे।

बस्नेतले रास्वपालाई कुनै स्थायी विचार र उद्देश्यविहीन पार्टी भन्दै यसका नेताहरूको विचार स्पष्ट नभएको र पार्टी सभापतिको ठेगानासमेत जनतालाई थाहा नभएको टिप्पणी गरे। उनले भने, ‘अहिले हाउगुजीको भरमा जनमतलाई बर्बाद गर्ने प्रयास भइरहेको छ, जसलाई रोक्न हामी सबैले सचेत हुनुपर्छ।’ 

कार्यक्रममा उनले नेपाली कांग्रेस सधैं जनताको दुःखमा साथ दिने पार्टी भएकोले जनताको भावना मिचेर अघि बढ्न नहुने बताए।

कांग्रेसको मुख्य भूमिका जनताको दुःखमा सहभागी रहनु रहेको औंल्याउँदै उनले तिहारको समयलाई उदाहरणस्वरूप प्रस्तुत गरे। ‘हामीले छिमेकीको घरमा चुलो बलिरहेको छ कि छैन भनेर ख्याल राख्नुपर्छ। दुःख परेका स्थानमा दुई चार हजार रुपैयाँ दिएर सहयोग गरे चुलो बल्छ,’  बस्नेतले जनसेवामा कांग्रेसको स्थायी भूमिका झल्काए।

उनले कांग्रेसको आन्तरिक एकताका विषयमा पनि धारणा राख्दै भने, ‘हामीले टिकट नपाउनेलाई अवसर दिनुपर्छ, हार्नेले पुनः जित्न सक्छ, तर पार्टीलाई कमजोर बनाउनेहरू कहिल्यै अघि बढ्न सक्दैनन्।’ 

कांग्रेसको एकता र जनसेवामा समर्पणले यस क्षेत्रका सबै चुनौतीहरूको सामना गर्न सक्ने आत्मविश्वास रहेको जनाए।

प्रकाशित: १० कार्तिक २०८१ १९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App