१० कार्तिक २०८१ शनिबार
image/svg+xml
खेल

मालिकादेवी कप धार्पालाई

धार्पा युवा क्लव बाह्रविसेले मालिकादेवी कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

चौतारा साँगाचोकगढी नगरपालिका ७ मेलचौरस्थित दरबारडाँडा मैदानमा सुनकोसी गाउँपालिका वडा नं. ३ विरुद्ध ३- ० गोलको सहज जित निकाल्दै धार्पाले उपाधि चुमेको हो।

विजेता धार्पाले  मालिकादेवी कपसहित नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पायो । उपविजेता सुनकोसीले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कार हात पार्यो ।

खेलको म्यान अफ द म्याच भने सुनकोसीका गोलरक्षक आदेश सिवाकोटीले जिते। उनले नगद १ हजार रुपैयाँ र टफी पुरस्कार पाए। 

धार्पाका सागर तामाङ  प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए। धार्पाकै सुशन श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र सागर लामाले उत्कृष्ट प्रशिक्षकको उपाधि जिते। सर्वाधिक गोलकर्तासहित चौतारा स्पोर्टिङका सन्दीप कार्की उत्कृष्ट स्टाइकर चुनिँदा सुनकोसीका आदेश सिवाकोटी र मृगान किरण सिंहले क्रमशः उत्कृष्ट गोलरक्षक र डिफेन्डरको ट्रफी हात पारे।

उनीहरुले जनही ३ हजार रुपैयाँ र टफी पुरस्कार पाए। सेमिफाइनल सम्मको यात्रा गरेको झापाको राई एफसीले फेयर प्लेयरको उपाधि जित्यो। उसले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो । 

प्रतियोगिताका विजेता टोली तथा खेलाडीहरूलाई पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य मोहनबहादुर बस्नेत, चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापा लगायतले टफी, मेडल तथा नगद पुरस्कार वितरण गरेका थिए। मेलचौर युवा जागरण समाजको आयोजनामा  एक सातासम्म चलेको सेभेन ए साइड फुटबल प्रतियोगितामा विभिन्न २१ टोलीले प्रतिस्पर्धा गरेका थिए । 

प्रकाशित: १० कार्तिक २०८१ २०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App