१० कार्तिक २०८१ शनिबार
image/svg+xml
राजनीति

विधिको शासन कायम गर्दा विरोध गर्ने परिपाटी राम्रो होइन: उपप्रधानमन्त्री सिंह

<br>

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले विधिको शासन कायम गर्ने क्रममा कानुनी प्रक्रिया अघि बढाउँदा विरोध गर्ने परिपाटीको अन्त्य हुन आवश्यक रहेको बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन। उनले राष्ट्रिय स्वतन्त्र पार्टीले विधिको शासनको कुरा गर्ने अनि गलत काम गर्ने व्यक्तिलाई पक्राउ गर्दा पक्राउ गर्नु हुँदैन भन्ने काम गरेको बताए।

उनले नेकपा (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलहरूले विधिको शासन कायम गर्ने क्रममा प्रतिरोध गरेको भन्दै आपत्ति जनाए।उनले सरकार विधिको शासन कायम गर्न अघि बढ्ने बताए।

उनले सरकारले सय दिनमा राखेको लक्ष्य पूरा गरेको पनि धारणा राखे। उनले विपक्षीले उठाएका आवाजहरू तर्कसङ्गत नरहेको जिकिर गरे। उनले लोकतान्त्रिक प्रणालीमा विपक्षीले बोल्न पाउने अधिकार रहेको बताए। 

प्रकाशित: १० कार्तिक २०८१ १६:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App