३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अदालतले मलाई न्याय दिनेछ, त्यसमा म निर्धक्क छु: लामिछाने

<br>

<br>

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतले आफूलाई न्याय दिनेमा पूर्ण विश्वास रहेको बताएका छन्।

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेपछि आइतबार कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइँदा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

‘मलाई न्याय अदालतले दिनेछ, म त्यसमा निर्धक्क छु। तर यो सरकारकोविरुद्ध सबै जना देशभरबाट उत्रिन आह्वान गर्दछु। मेरो लागि होइन। अदालतले मलाई न्याय दिन्छ। न्यायालयप्रति धेरै नै विश्वास छ।’ उनले भने।

लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्ति भएको आरोप समेत लगाए। ‘मलाई जस्तै डेढ वर्ष लगाएर प्रधानमन्त्री ओलीमाथि छानविन गर्ने हो भने देशमा सबैभन्दा भ्रष्टाचारी ओली नै हुनेछन्।’ उनले भने।

सभापति लामिछानेले ओलीको प्रधानमन्त्री बन्नु देशका लागि दुर्भाग्यपूर्ण रहेको टिप्पणी गर्दै, सरकारको अधिनायकवादी चरित्रप्रति कडा असन्तोष व्यक्त गरे। ‘ओलीको शासन रहुन्जेल देशले धेरै दुःख पाउनेछ, त्यसैले सरकारको विरोधमा देशव्यापी आन्दोलनमा उत्रनुपर्ने बेला आएको छ,’  लामिछानेले भने।

उनले आफूलाई झुटो मुद्दामा फसाइएको बताउँदै अदालतप्रति आफ्नो दृढ विश्वास रहेको र न्याय पाउनेमा आश्वस्त भएको सुनाए।

सहकारीको रकम ठगी गरेको आरोपमा शुक्रबार काठमाडौंबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो।

प्रकाशित: ४ कार्तिक २०८१ १४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App