४ कार्तिक २०८१ आइतबार
image/svg+xml
राजनीति

निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले हान्यो अश्रुग्याँस र पानीको फोहरा

<br>

स्थानीय प्रशासनले निषेधित क्षेत्र तोकेको सहिदचोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले प्रदर्शन जारी राखेपछि प्रहरीले अश्रुग्याँस र पानीको फोहरा हानेको छ।

पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेको समर्थनमा रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र सहिदचोकमा प्रदर्शन जारी राखेपछि नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र पानीको फोहरा हानेको हो।

रविलाई जिल्ला अदालत कास्कीमा म्याद थपका लागि उपस्थित गराउने समय पारेर रास्वपा कार्यकर्ताले सहिदचोकमा प्रदर्शन गरेका थिए। दिउँसो १२ः३० बजेबाट प्रदर्शन गर्ने भनिएपनि बिहान ११ बजेबाटै रास्वपाका कार्यकर्ता भेला भएर नाराबाजी सुरु गरेका थिए।

अदालत, प्रशासनलगायतका सरकारी कार्यालय नजिकै प्रदर्शन हुन थालेपछि कास्की प्रशासनले सहिदचोक र त्यस आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। तर प्रदर्शनकारीले सो स्थल छाड्न मानेनन्।

प्रहरीको आह्वान र अनुरोधलाई बेवास्ता गर्दै प्रदर्शनकारीले निरन्तर नाराबाजी र प्रदर्शन जारी राखेपछि प्रहरीले भीड नियन्त्रणमा लिन सुरुमा पानीको फोहरा हानेको थियो। तर त्यति गर्दा पनि प्रदर्शनकारी तितरबितर नभएपछि प्रहरीले अश्रुग्याँस हानेको हो।

तर अझै पनि प्रदर्शनकारीले प्रदर्शन जारी राखेका छन्। उनीहरुले ‘रविलाई न्याय दे, निर्दोषलाई फसाउन पाइँदैन, रवि दाई हाइहाइ, असली सहकारी ठगलाई कारबाही गर लगायतका नारा लगाउँदै प्रदर्शन गरिरहेका छन्।

प्रकाशित: ४ कार्तिक २०८१ १४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App