५ कार्तिक २०८१ सोमबार
image/svg+xml
राजनीति

ईगोलाई त्यागेर गुटबन्दी अन्त्य नभए सम्म पार्टी बलियो हुँदैन: लुम्बिनी प्रदेश सभापति पुन

कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्मर सिंह पुनले ईगोलाई त्यागेर गुटबन्दी अन्त्य नगरे सम्म कांग्रेस बलियो नहुने बताएका छन्।

कांग्रेसमा गुटबन्दीले गर्दा कमजोर बनेको भन्दै तल देखि माथि सम्मका नेता कार्यकर्ताले आ–आफ्नो ईगो नत्यागे सम्म कांग्रेस बलियो नहुने उनको भनाई छ। कांग्रेस कपिलवस्तु नगर समितिले तौलिहवा स्थित पार्टी कार्यालयमा राखेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिसंग पालिका संवाद कार्यक्रममा उनले सो कुरा बताएका हुन।

उनले अब पार्टीलाई सुदृढ गरेर अघि लैजानु पर्ने बताए।उनले कांग्रेस भातृ संगठनलाई आफ्नो अनुकुल नभै चलायमान बनाउनु पर्ने बताए। कांग्रेसको कार्यकालमा भएका राम्रा कामको प्रचार हुन नसकेकोले अब समयानुकूल प्रचारप्रसारको कार्य अघि बढाउनु पर्ने उनले बताए। 

उनले पुराना र नयाँ दुवै नेता कार्यकर्ताले नयाँ सोचका साथ अघि बढ्नु पर्ने बताए । उनले कांग्रेस सङ्गठनका हिसाबले समेत मजबुत नभए अभिव्यक्ति स्वतन्त्रता, विकास लगायतका कुरा समेत सङ्कटमा पर्ने बताए। कांग्रेस देशको पहिलो पार्टी बने पनि केही असन्तुष्टि, आफ्नो स्वार्थ अनुकूल काम नभए पछि तिनीहरूले नै कांग्रेस खत्तम छ भन्दै हिडने गरेका कारण पार्टीलाई असर पुग्ने गरेको बताए। उनले पार्टीमा दत्तचित्त भएर लाग्नु पर्ने बताए।

एउटै व्यक्तिलाई धरै पटक पदमा उठ्न र अन्य पदमा समेत मौका दिन नहुने भन्दै उनले यसका लागि समेत तल्लो तहबाटै जोडदार आवाज उठाउनु पर्ने बताए। टिकट लिने बेलामा मरिहत्ते गर्ने र अन्य बेला मतलब नराख्ने गरिएको प्रति उनले गुनासो गरे। उनले टोल वडा समिति देखि ३ वटै तहलाई मजबुत बनाउँदै लानु पर्ने बताए।

उनले धार्मिक पर्यटनलाई ध्यान दिदै झमेला नहुने किसिमले काम गर्ने वातावरण मिलाउने गरी आफूले कुरा उठाउने बताए।ट्राफिक प्रहरीले एक किलो मिटरमा चेक गरेका कारण यात्रुहरू मर्कामा परेको कुरा पनि आफूले उठाएर समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा युवा नेता प्रकाश घिमिरे, गोपीकृष्ण शर्मा, रामचन्द्र मुराउ, वसन्त कुमारी सिंह रउफ अहमद खाँ लगायतले पार्टीलाई मजबुत बनाउन पहल गर्नु पर्ने, नेताहरू गाउँ गाउँमा जानु पर्ने लगायतका सुझाव दिएका थिए।कार्यक्रम नगर सभापति खुर्सेद अहमद खाको अध्यक्षता र नगर सचिव नगेन्द्र  यादवको संचालनमा भएको थियो। 

प्रकाशित: ४ कार्तिक २०८१ १८:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App