३० आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन जय नेपाल फाउण्डेसनलाई देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रचनात्मक सुझाव दिएर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न जय नेपाल फाउण्डेसन जस्ता संस्थाहरुको भूमिका महत्वपूर्ण रहने बताएका छन्।

आफ्नै निवास वुढानिलकण्ठमा बुधबार जय नेपाल फाउण्डेसनको स्मारिका ‘जय नेपाल सन्देश’ सार्वजनिक गर्दै सभापति देउवाले जय नेपाल फाउण्डेसनले चेतनाको वाहक वनि लोकतान्त्रिक विधि र विधिको शासन स्थापित गराउन, सुशासन कायम गर्न र जन अधिकारको रक्षाका निम्ति सशक्त आवाज उठाउन उल्लेख्य भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। साथै देउवाले नेपाली कांग्रेसलाई रचनात्मक सुझाव र सल्लाह दिएर गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन फाउण्डेसनलाई आग्रह गरे।

नेपालमा मात्र होईन बिश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकतावद्ध गर्दै जय नेपाल अन्तराष्ट्रिय फाउण्डेसन समेत स्थापना भएकोमा खुसी व्यक्त गर्दै सभापति देउवाले नेपाललाई समुन्नत बनाउने अभियानमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिए।

स्मारिका सार्वजनिक कार्यक्रममा फाउण्डेसनका अध्यक्ष बद्री अर्यालले संस्थाका गतिविधि,उद्धेश्य र अभियानबारे सभापति देउवालाई जानकारी गराए।

सो अवसरमा जय नेपाल सन्देशका प्रधान सम्पादक प्रा.डा धनेश्वर नेपाल र फाउण्डेसनका संस्थापक सदस्य सचिब एवं प्रकाशन तथा प्रचार विभाग प्रमुख बिजयराज अधिकारीले स्मारिकामा समेटिएका बिषयवस्तु र बिचारहरुबारे सभापति देउवालाई संक्षिप्त जानकारी गराएका थिए। 

स्मारिका सार्वजनिक कार्यक्रममा जय नेपाल फाउण्डेसनका संस्थापक सदस्यहरु योगेन्द्र राई, राम बहादुर रोकाय, प्रकाश रावल र शान्ता तामाङ लगायत सहभागिता थियो।  

प्रकाशित: ३० आश्विन २०८१ १८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App