२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपालमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न भारत सकारात्मक छः स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सर्पदंशका बिरामीको लागि उपचार केन्द्र स्थापना गर्न भारत सरकारले सहयोग गर्ने भएको छ।

बुधबार विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ०को क्षेत्रीय बैठकबाट फर्किएपछि विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालमा सर्पले टोकेर हुने जोखमको उपचारका लागि उपचार केन्द्र बनाउन भारतले सहजीकरण गर्र्नेबारेमा भारतीय स्वास्थ्यमन्त्रीले प्रतिवद्धता जनाएको बताए। उनले क्षेत्रीय बैठकका क्रममा भारतीय स्वास्थ्यमन्त्रीसँग आफ्नो भेट भएको बताए।  

भेटमा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भारत सरकारले सञ्चालन गर्दै आएको एम्स अस्पतालसँग समझदारी भएर सहकार्य भइरहेका कामहरु बीचमा समयावधि सकिएका कारण रोकिएको स्थितिको अन्त्यका लागि प्रयास गरेको बताए। पुनः समझदारी गरेर एम्स र विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बीचमा पहिलेको समझदारीलाई कायम गर्नेगरी मौखिक समझदारी व्यक्त भएको बताए।

उनले भने, ‘नेपालमा सर्पले टोकेर नागरिकहरुलाई जुन समस्या देखिएको छ, त्यसको बारेमा उपचार केन्द्र स्थापना गर्ने र त्यसका लागि सहजीकरण गर्न पनि भारत सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त भएको छ। विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भारत सरकारले सञ्चालन गर्दै आएको एम्स अस्पतालसँग समझदारी भएर सहकार्य भइरहेका कामहरु बीचमा समयावधि सकिएका कारण रोकिएको स्थिति थियो । त्यसमा पुनः समझदारी गरेर एम्स र विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बीचमा पहिलेको समझदारीलाई कायम गर्नेगरी मौखिक समझदारी व्यक्त गर्नुभएको छ।’

प्रकाशित: २३ आश्विन २०८१ १८:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App