२५ कार्तिक २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेलसमक्ष महिला आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रिय महिला आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ।

राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन मंगलवार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको हो।

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आयोगको प्रतिवेदन प्रस्तुत गरिन्।

त्यस अवसरमा राष्ट्रपति पौडेलले महिला आयोगको प्रतिवेदन ग्रहण गरेपछि धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिए पनि जनसङ्ख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नरहेको बताए।

'तर, जनजीवनका अन्य महत्वपूर्ण क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी माध्यमबाट सुनिश्चित गर्नुपर्ने देखिएको छ, आगामी दिनमा त्यसमा आयोगले अझ सशक्त र प्रभावकारी रुपमा काम गर्ने मेरो विश्वास छ', राष्ट्रपति पौडेलले भने।

प्रकाशित: २२ आश्विन २०८१ १३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App