१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको समस्या समाधानका लागि पहल गर्छु: प्रस्तावित राजदूत यादव

अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवले वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी आफूले काम गर्ने बताएकी छिन्।

प्रस्तावित राजदूत यादवले बुधबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सो कुरा बताएकी हुन्।  

उनले विश्व समुदायमा नेपालको सम्मान, प्रतिष्ठा र छवि अभिवृद्धि गर्दै समग्र राष्ट्रिय हित प्रवद्र्धन गर्न राजदुतको जिम्मेवारी पाए सक्दो प्रयास गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन्।

संविधान, सरकारको नीति, निर्णय र निर्देशनअनुसार राजदुतको दायित्व पूरा गर्ने सन्दर्भमा मूल्य र मान्यताहरु हुने प्रश्तावित राजदूत यादवको भनाई थियो। त्यस अवसरमा उनले राजदूतको रुपमा आफूले इमान्दारिता र लगनशीलताका साथ जिम्मेवारी पूरा गर्ने अठोट लिएको पनि बताइन्।

प्रस्तावित राजदूत यादवले भनिन्, ‘वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि गर्नेगरी नेपाल र अस्ट्रेलियाबीचको बहुपक्षीय सम्बन्ध सुदृढ एवं विस्तृत बनाउन म कटिवद्ध रहनेछु। म यस पदमा रहँदा पूर्ण इमान्दारिता र लगनशीलताका साथ जिम्मेवारी निर्वाह गर्ने दृढ अठोट व्यक्त गर्दछु। विश्व समुदायमा नेपालको सम्मान, प्रतिष्ठा र छवि अभिवृद्धि गर्दै समग्र राष्ट्रिय हित प्रवद्र्धन गर्ने भरमज्दुर प्रयास गर्नेछु। नेपालको संविधानको धारा ५ मा उल्लेख भएको राष्ट्रिय हित, धारा ५० को उपधारा ४ ले व्यवस्था गरेको अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनको निर्देशक सिद्धान्त, धारा ५१ अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धि नीति, नेपाल सरकारको नीति, निर्णय र निर्देशन र परराष्ट्र मन्त्रालयको नीति, निर्णय र निर्देशन राजदुतको दायित्व पूरा गर्ने सन्दर्भमा मेरो मुख्य मूल्य र मान्यताहरु हुनेछन्।’          

प्रकाशित: १६ आश्विन २०८१ १७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App