१५ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

बाढीपहिरोबाट भएको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त

साउदी अरेबीयाको राजपरिवारले नेपालमा वर्षापछिको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ।

राजा सल्मान तथा प्रधानमन्त्रीसमेत रहेका राजकुमार मोहम्मद बिन सल्मान बिन अब्दुलाजिज अल साउदले राष्ट्रपति रामचन्द्र पौडेललाई सन्देश पठाउँदै दुःख व्यक्त गरेका हुन्।

अलग–अलग दुई सन्देशमा नेपालले पुनःनिर्माणलाई तीव्र रुपमा अघि बढाउने विश्वास व्यक्त गर्दै उनीहरुले साउदी अरबले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैबीच, नेपालस्थित साउदी राजदूतावासले प्रकाशन गरेको सन्देशमा बाढीपहिरोमा परी कयौं व्यक्तिको मृत्यु भएकोप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको उपचार तथा उद्धार र राहतमा नेपाल सरकार र जनताप्रति साउदी अरबको ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रकाशित: १६ आश्विन २०८१ १६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App