१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले सचिवालय बैठक सुरु

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ। काठमाडौँको एक होटलमा बैठक सुरु भएको हो।

एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार पार्टी केन्द्रीय कार्यालय डुबानमा परेकाले बैठक अयन्त्र आयोजना गरिएको हो।

बैठकमा समसामयिक राजनीतिक विषयका साथै  हालैको बाढीपहिरो, राहत तथा उद्धारबारे समीक्षा हुने उनले जानकारी दिए। बैठकमा पार्टीको भावी रणनीतिबारे पनि छलफल हुनेछ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक जारी छ।

प्रकाशित: १५ आश्विन २०८१ १२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App