८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छः बुद्धिमान तामाङ

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो पार्टी धर्मको सन्दर्भमा अतिवादी नभएको बताएका छन्।  

मङ्गलबार काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आफूहरुको पार्टी धर्ममा अतिवादी नभएको बताएका हुन्।

उनले आफूहरु परम्परावादी शक्ति भएपनि उदार भएको बताए। उनले राप्रपा धर्ममा अतिवादी नभएको स्पष्ट पारे। राप्रपाले उदार किसिमको धर्मको कुरा गरेको उनको भनाइ छ। उनले पार्टीले अतिवादी धर्ममा विश्वास नगरी उदारवादमा विश्वास गर्ने बताए।  

आफूहरु सबैलाई धार्मिक स्वतन्त्रता हुनपर्छ भन्ने पक्षमा रहेको र पहिचानको लागि भने हिन्दुराष्ट्र हुनुपर्नेमा रहेको उल्लेख गरे।  

उनले भने, ‘हाम्रो यो पार्टी धर्म, संस्कृति, संस्कार, परम्पराको जगमा गठन भएको हो। यसपछि राष्ट्रियता, प्रजातन्त्र, उदारवाद जुन नारा छ, हामी राष्ट्रवादी हौँ। या प्रजातन्त्रप्रति प्रतिवद्ध छौँ। मान्छेहरुले हामीलाई परम्परावादी शक्ति भन्छन्, हामी लिबरल९उदार० छौँ। हामी अतिवादी धर्मवादी होइनौँ। हामी उदार किसिमको धर्मको कुरा गर्छौं। हामी हिन्दुवादी राज्यको कुरा गर्छौं । हामी अतिवादी धर्ममा विश्वास गर्दैनौँ। हामी उदारवादमा विश्वास गर्छौं । सबैलाई धार्मिक स्वतन्त्रता हुनुपर्छ। पहिचानलाई हिन्दुराष्ट्र हुनुपर्छ भनेर हामी अगाडी बढेका छौँ।’

प्रकाशित: ८ आश्विन २०८१ १६:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App