३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

कोशीका मुख्यमन्त्रीले असोज २ गते विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते प्रदेश सभाबाट पुनः विश्वासको मत लिने भएका छन्।

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्। साउन ११ गते माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिएपछि भदौ १४ गते औपचारिक रूपमा समर्थन फिर्ता लिएको थियो।

सत्ता गठबन्धन परिवर्तन भएपछि माओवादीको समर्थनमा बनेको सरकारले अहिले नेकपा एमालेको नेतृत्वमा नेपाली कांग्रेसको सहभागिता रहेको नयाँ सरकार गठन भएको छ।

मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ (५) अनुसार दोस्रो पटक विश्वासको मत लिने तयारी गरेका हुन्। कोशी प्रदेश सभामा ९३ सदस्य छन्। जसमा कार्कीको दल नेकपा एमालेका ४० सांसद छन् भने नेपाली कांग्रेसका २९ सांसद छन्।

माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद प्रदेश सभामा रहेका छन्। मुख्यमन्त्री कार्कीले यसअघि वैशाख ३१ गते पहिलो पटक विश्वासको मत लिएका थिए।

प्रकाशित: ३१ भाद्र २०८१ १४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App