१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादीले अडान नछाडेपछि बस्दै नबसी संसद् बैठक स्थगित

फाइल तस्बिर।

प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ।

आइतबारका एक बजेका लागि तय भएको बैठक सुचना टाँसेर सवा तीन बजेका लागि सारिएपनि दलीय सहमति जुटन नसक्दा सोमबारसम्मका लागि स्थगित भएको हो।

बैठक सोमबार दिउँसो एक बजे बस्नेछ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सदन चल्न नदिने निर्णय गरेपछि सभामुख देवराज घिमिरेले बैठक सोमबारसम्मका लागि स्थगित गरेका हुन्।

नेकपा (एमाले) सचिव योगेश भट्टराईले जनयुद्धलाई हिंसा भनेपछि सदनमा विवाद हुँदै आएको छ। सभामुख देवराज घिमिरेले पनि भट्टराईको ‘हिंसा’ शब्दलाई स्थापित गर्न खोजेपछि माओवादीले सदनमा विरोध सुरु गरेका हो।

यहीँ विषयलाई लिएर एमाले र माओवादीबीच सदनमा आरोपप्रत्यारोप चल्दै आएको छ। बिहीबारको बैठकमा सभामुख घिमिरेले हिंसा असंसदीय शब्द नभएको र रेकर्डबाट नहटाउने बताएका थिए।

सहमतिको प्रयासस्वरुव सभामुख घिमिरेले आइतबार दिउँसोका लागि डाकेको प्रमुख सचेतकहरूको बैठक पनि निष्कर्षविहीन भएको थियो।

प्रकाशित: ३० भाद्र २०८१ १६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App