३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाल पूर्वाधार सम्मेलन सम्पन्न

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजना तथा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय (वाइसिएनसी) को सहआयोजनामा आयोजित नेपाल पूर्वाधार सम्मेलन सफलताका साथ सम्पन्न भएको छ। 

सम्मेलनको समापन समारोहमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको समग्र आर्थिक विकासका लागि भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको बताए।

उनले नेपाल सरकारले केही समय अगाडि आयोजना गरेको लगानी सम्मेलनका बेला केही कानुनहरूमा सुधार गरी लगानीका लागि उपयुक्त वातावरण बनाएको बताउँदै पूर्वाधार सम्मेलनमा आएका सुझाव पूर्वाधार विकासका लागि महत्त्वपूर्ण हुने बताए। 

सम्मेलनमा आएका सुझावहरूलाई नेपाल सरकारले ग्रहण गरी सोही अनुरूप सुधार गर्ने विश्वास समेत उनले व्यक्त गरे नेपाल उद्योग परिसंघले समग्र आर्थिक विकासका लागि रचनात्मक भूमिका खेल्दै आएको बताउँदै उनले पूर्वाधार सम्मेलनसमेत त्यसैको निरन्तरताको रूपमा लिएको बताए।  

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सम्मेलनमा दिगो पूर्वाधार अभ्यासदेखि नवीन वित्तीय मोडेलसहित पूर्वाधार विकासमा प्रादेशिक र स्थानीय सरकारको भूमिकासम्मका विषयहरूमा गहन रूपमा छलफल भएको बताए। 

नेपालको दिगो विकासलाई अघि बढाउन रणनीतिक लगानीको महत्त्वका विषयमा आएका सुझावहरू नेपाल सरकारलाई उपलब्ध गराउने जानकारी दिए।

सम्मेलनमा पूर्वाधार विकासका मोडलहरू, नेपालमा लागु गर्न सकिने व्यावहारिक पक्षको पहिचान तथा हाम्रा पूर्वाधार परियोजनाहरू आर्थिक रूपमा मात्र नभई सामाजिक र वातावरणीय रूपमा पनि दिगो छन् भनी सुनिश्चित गर्न चाल्नुपर्ने कदमहरूबारे स्पष्टता रूपमा सुझावहरू आएको बताए।

समापन समारोहमा नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष विनोद चौधरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मालगायतले पूर्वाधार सम्मेलनले पूर्वाधार विकासका लागि नेपालले ध्यान दिनुपर्ने विषयमा विदेशी एवं स्वदेशी विज्ञहरूबाट महŒवपूर्ण सुझाव आएको बताए। 

सचिव शर्माले यस सम्मेलनमा आएका सुझावलाई सरकारले ग्रहण गर्दै कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। पाँचौ संस्करणको नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४ को टाइटल स्पोन्सर बिवाइडी र कोटाइटल स्पोन्सर शिवम् सिमेन्ट रहेको छ।

प्रकाशित: ३० भाद्र २०८१ ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App