२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

बालबालिकाका सम्बन्धमा बनेका कानूनहरूको प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहको भूमिका अहम् हुने बताएका छन्।

राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले सम्पूर्ण सरकारी, गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवम् अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिका पनि बालबालिकाको पक्षमा काम गर्न उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गरे।

अझै पनि केही बालबालिकाहरू आफ्नो बालअधिकारबाट वञ्चित भएको कुरा सुन्नमा आएको कुरा उल्लेख गर्दै विभिन्न कारणहरूले बालबालिकामा पर्ने गम्भीर तथा बढ्दो असरतर्फ सबैको ध्यान आकृष्ट हुनु जरूरी रहेको राष्ट्रपतिले सन्देशमा उल्लेख गरेका छन्।

बालबालिका माथि हुने हिंसा तथा दुर्व्यवहार रोक्नु सरकारको दायित्व हो भन्दै बालबालिकाको संरक्षण र विकासमा आआफ्नो तर्फबाट भूमिका निभाउन सबैमा आग्रह गरे।

प्रकाशित: २९ भाद्र २०८१ ०८:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App