३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

संवैधानिक परिषद्को बैठक बस्दै

संवैधानिक परिषदको बैठक आज बस्दै छ। अहिले बिहान ९ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको अध्यक्षका हैसियतले बैठक बोलाएका हुन्।

सर्वोच्च अदालतको प्रधान न्यायाधीशसहित रिक्त संवैधानिक निकायमा सिफारिसका लागि प्रधानमन्त्री ओलीले दोस्रो पटक संवैधानिक परिषदको बैठक बोलाएका हुन्। यसअघि बुधवार परिषदको बैठक बोलाए पनि स्थगित भएको थियो।

आजको बैठकको तयारी स्वरुप बिहीवार प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच बालुवाटारमा छलफल भएको थियो।

सर्वोच्च बाहेक अन्य ६ संवैधानिक पद रिक्त छ। उक्त पदमा राजनीतिक भागबन्डाको आधारमा नियुक्तिका लागि सिफारिस हुनेछ।

प्रकाशित: २८ भाद्र २०८१ ०८:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App