१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

विपीको लागि समाजवाद व्यक्तिको स्वतन्त्रता थियोः गगन

नेपाल कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपीको लागि समाजवाद व्यक्तिको स्वतन्त्रता भएको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विपीको लागि समाजवाद भनेको सबैभन्दा ठूलो कुरा नै व्यक्तिको स्वतन्त्रता भएको जिकिर गरेका हुन्।

"विपीको लागि समाजवाद भनेको सबैभन्दा ठूलो कुरा भनेको व्यक्तिको स्वतन्त्रता हो। वैयक्तिक स्वतन्त्रता हो। स्वतन्त्रता नभइकन समानता सम्भव छैन।" उनले भने।

स्वतन्त्रता र समानता एउटा सिक्काका दुई वटा पाटा जस्तो भएर विपीको लागि रहेको उनले सुनाए। स्वतन्त्रतामा टेकेर समानताका लागि विपीले प्रयत्न गरेको स्मरण गरे।

"तिम्रो विपीले के भन्नुहुन्थ्यो भन्यो भने एक लाइनमा भन्नुपर्दा म यही भन्छु। स्वतन्त्रता सबैभन्दा मुख्य तत्त्व हो। स्वतन्त्रता समानताको पूर्वशर्त हो। आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक जुन समानताको कुरा गर्छौं, त्यसको पूर्वशर्त भनेको स्वतन्त्रता हो।" उनले भने।

महामन्त्री थापाले विपीको लागि स्वतन्त्रता नै अन्कम्प्रमाइजिङ कुरा भएको बताए।

प्रकाशित: २५ भाद्र २०८१ १६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App