१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

विपी जस्ता नेता अरु पार्टीमा जन्मिएका छैनन्: देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विपी कोइरालाका बारेमा व्यापक अध्ययन र अनुसन्धान हुन जरुरी रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

उनले प्रजातान्त्रिक समाजवाद संसारकै उत्तम समाजवाद भएको समेत जिकिर गरे। उनले विपी कोइरालालाई सानो देशको ठूलो नेताका रुपमा चित्रण गरे।

उनले भने "विपी कोइराला सानो देशको ठूलो नेता हो। उहाँलाई ज्ञान नभएको विषय नै थिएन। धेरै विषयको ज्ञानी हुनुहुन्थ्यो। कति कुराहरू समयअनुसार पनि चेन्ज हुन्छ। जस्तै उहाँले गाई पाल्ने कुरा गर्नुभएको थियो। आज गाई पाल्ने कुरा भन्दा पनि आज ठाउँ ठाउँमा बाटो पुग्ने, बिजुली, बत्ती पुगेको छ। आज गाई पाल्नु भन्दा पनि दुध सप्लाई गर्न डेरी सञ्चालन गर्ने हो। घरघरमा दुध बालबच्चाले पाउन् भनेको मतलब गाई पाल्नु भन्दा पनि बालबालिकालाई दुध खुवाउनु ठूलो कुरा हो। आज डेरी कन्सेप्ट ठूलो कुरा हो। समयमा धेरै कुरा चेन्ज हुन्छन्। विपी कोइराला अलराउण्डर हो। साहित्यमा त्यत्तिकै उत्कृष्ट हुनुहुन्थ्यो। विपी कोइरालाका बारेमा व्यापक अध्ययन र अनुसन्धान हुनु जरुरी छ।’

सभापति देउवाले विपीले छोडेर गएका प्रजातान्त्रिक समाजवादलाई अध्ययन गरी बिस्तार गर्न आवश्यक रहेको बताए। विपी जस्तो नेता अहिलेसम्म अरु पार्टीमा नजन्मिएको उनको भनाइ थियो।

प्रकाशित: २५ भाद्र २०८१ १६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App