१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

लोसपा नेपालको कार्यकारिणी समिति बैठक आज पनि बस्दै, नेतृत्वले जवाफ दिने

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक आज पनि बस्दै छ। आजको बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने र नेतृत्वले जवाफ दिनेछन्।

यस्तै आजको बैठकमा आगामी मङ्सिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी, नेताहरूको जिम्मेवारी हेरफेर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे समीक्षा, महाधिवेशनको मिति र स्थानबारे पनि छलफल हुनेछ।

बुधवारदेखि सुरु भएको बैठकको पहिलो दिन संविधान संशोधनका लागि पार्टीको प्रस्ट दृष्टिकोण बनाउन माग नेताहरूले माग गरेका थिए।

नेताहरूले मुलुकमा विद्यमान समस्या सम्बोधनका लागि समयसापेक्ष संविधान संशोधन हुनुपर्ने र त्यसका लागि कानुनविद्को सहभागितामा एउटा कार्यदल गठन गर्न सुझाव दिएका थिए।

पार्टी प्रवक्ता सुभाष लाभले संविधान संशोधनका साथै पार्टीको सङ्गठन सुदृढीकरण र महाधिवेशनको टुङ्गो लगाउने विषयमा पनि आफ्नो धारणा राख्नुभएको जानकारी दिए। यसैगरी पार्टीको आर्थिक नियमावली संशोधन, राजनीतिक, आर्थिक, सामाजिक विषयमा थप कार्यक्रम तथा योजना बनाउने विषयमा पनि छलफल भएको उनले बताए।  

प्रकाशित: २० भाद्र २०८१ ०८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App