३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस सांसदको प्रश्न: चिकित्सा शिक्षा आयोगको त्रुटिलाई उन्मुक्ति दिन मिल्छ ?

नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले चिकित्सा शिक्षा आयोगको नतिजामा भएको त्रुटिमा संलग्नलाई उन्मुक्ति दिन नमिल्ने बताएका छन्।

कांग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव समेत रहेका सांसद पौडेलले मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै यस्तो गम्भीर त्रुटि र लापरबाही क्षम्य नहुने बताएका हुन्।

‘विभिन्न मिडियामा आएअनुसार गत भाद्र १४ र १५ गते प्रकाशित एमबिबिएस र जनस्वास्थ्यको नतिजामा चिकित्सा शिक्षा आयोगले गरेको त्रुटिका प्रति सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ सांसद पौडेलले भने, ‘एमबिबिएसको नतिजा प्रकाशनमा समान अंक प्राप्त गर्ने विद्यार्थीको योग्यता क्रम मेरिटका आधारमा हुनु पर्नेमा रोल नम्बरका अधारमा सूची प्रकाशित गरिएकोले करिब ३ हजार विद्यार्थीको नतिजा प्रभावित हुन सक्ने देखिन्छ।’

यस्तै जनस्वास्थ्य विषयको नतिजामा एउटा विद्यार्थीको रोल नम्बर र प्राप्त अङ्कमा अर्कै विद्यार्थीको नाम प्रकाशित हुनु चिकित्सा शिक्षा आयोगको गम्भीर त्रुटि, लापरबाही रहेको बताउँदै सांसद पौडेलले त्यस्तो कार्यलाई ‘उन्मुक्ति दिन मिल्छ रु’ भन्दै प्रश्न गरे। 

‘यसले  एमबिबिएस र जनस्वास्थ्य परीक्षाको नतिजा प्रकाशनको विश्वसनीयता र पारदर्शितामा समेत गम्भीर प्रश्न खडा गरेको हुँदा यस्ता त्रुटि र लापरबाही नदोह¥याउन, विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न र समयमै परीक्षाको नतिजा सार्वजनिक गर्ने व्यवस्थापन गरी चिकित्सा शिक्षालाई विश्वसनीय र पारदर्शी बनाउन जोडदार माग गर्दछु,’ सांसद पौडेलले अगाडि भने।

प्रकाशित: १८ भाद्र २०८१ १५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App