१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सत्तापक्षकै सांसदले भने: मन्त्रीहरुले बोल्दा जिब्रोमा ब्रेक लगाइयोस्

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रहरीको आइजिपीको बारेमा दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन्।

मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद खतिवडाले मन्त्रीहरूलाई बोल्दा जिब्रोमा ब्रेक लगाउन आग्रह गरे।

उनले भने, 'सूचना तथा सञ्चार मन्त्री ज्यूले केही दिन अघि नेपाल प्रहरीको आइजिपीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ। यो अभिव्यक्ति आपत्तिजनक छ। मन्त्रीहरूलाई अनुरोध गर्दछु जिब्रोमा ब्रेक लगाइयोस्। मन्त्रीहरुले बोल्दा जिब्रोमा ब्रेक लगाइयोस्।'

प्रकाशित: १८ भाद्र २०८१ १४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App