२९ भाद्र २०८१ शनिबार
image/svg+xml
राजनीति

भ्रष्टाचार र बेथितिलाई जोगाउन खोजे सदन र सडकबाट प्रतिवादः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहलले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

पार्टीको कर्णाली प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्न सुर्खेत पुगेका अध्यक्ष दाहालले शुक्रवार पत्रकारहरुसँग कुराकानी गर्दै पछिल्लो समय कसको चाहनामा र कसरी सरकार निर्माण भयो भन्ने हरेक घटनाक्रममा जनता प्रष्ट रहेको उल्लेख गरे।

उनले अघिल्लो सरकारले अघि बढाएको भ्रष्टाचारमाथिको छानविनलाई सामसुस पार्ने खेल भइरहेकाले यसविरुद्ध सदन र सडकबाट आवाज घनिभूत गराउने बताए।

अहिले सदनबाट सरकारलाई सचेत रहन आग्रह मात्र गरिएका उल्लेख गर्दै उनले सच्चिने होइन भने सदन र सडक दुबै ठाउँबाट आन्दोलन अघि बढाउने बताए।

सरकार पहिलो र दोस्रो दल मिलेको संसारमको संसदीय इतिहास नभएको उल्लेख गर्दै उनले गलत कुरालाई चोखाउनका लागि गरिएका सबै खालका क्रियाकलापको साक्षी भएर माओवादी नबस्ने बताए।

भदौ ११ मा आफूले संसदमा गरेको सम्बोधनले उत्तेजना र आवेग नभई सरकारका गलत कामको भण्डारफोर गरेको उल्लेख गर्दै उनले गलत कामको विरोध गर्न सय दिन नै पर्खनुपर्छ भन्ने कतै नभएको स्पष्ट पार।

सबै खालका परिवर्तन माओवादीकै एजेण्डा भएकाले यसलाई जोगाउने कुरा पनि माओवादीकै भूमिका बढी भएको औल्याउँदै उनले माओवादीको महत्व र भूमिकालाई मिनिमाइज गर्ने गरी अभिव्यक्ति नदिन आग्रह गरे।

प्रकाशित: १४ भाद्र २०८१ १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App