२० वैशाख २०८३ आइतबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद्को बैठक सुरु भयो

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । केही बेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठक सुरु भएको हो ।  

आजको बैठकमा मुख्य सचिव नियुक्तिबारे छलफल हुने बुझिएको छ।

हालकी मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण यही भदौ १५ गते अनिवार्य अवकाशमा जाने भएकाले सरकारले नयाँ मुख्य सचिव नियुक्तिको तयारी गरेको छ। गड्तौलापछि डा तोयनारायण ज्ञवाली, एकनारायण अर्याल, दिनेश भट्टराई लगायत मुख्य सचिवको दाबेदारका रुपमा हेरिएका छन्।

प्रकाशित: १३ भाद्र २०८१ १८:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App