प्रधानमन्त्री केपी शर्मा ओली र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री ओली र नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका ओमानी विदेशमन्त्री अल्बुसैदीबीच शिष्टाचार भेटवार्ता भएको हो।
भेटको क्रममा दुई देशबीच आपसी हित र सद्भावका साथै कुटनीतिक सम्बन्ध लगायतका विषयमा विषयमा कुराकानी भएको बुझिएको छ।
ओमानी विदेशमन्त्री अल्बुसैदी मंगलवार नै स्वदेश फर्किनेछन्।
प्रकाशित: ११ भाद्र २०८१ १४:०४ मंगलबार