प्रधानमन्त्री केपी शर्मा ओलीले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवनको उद्घाटन गरेका छन्।
सोमवार बिहान आयोजित कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले नयाँ भवनको उद्घाटन गरेका हुन्।
२०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिँदै आएको थियो।
भवनमा सामाजिक अपराध, लागुऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न मिल्ने खालको हिरासतसहितको संरचना रहेको छ।
प्रकाशित: १० भाद्र २०८१ १०:५४ सोमबार





