२८ आश्विन २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कङ्गोमा इबोलाबाट चार हजारभन्दा बढीको मृ*त्यु

प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार हजार ३८१ पुगेको छ। गत मे १५ मा प्रकोप घोषणा गरिएयता नौ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। 

मङ्गलबार सार्वजनिक पछिल्लो विवरणअनुसार सङ्क्रमितको कुल सङ्ख्या नौ हजार ६६ पुगेको छ । सङ्क्रमितमध्ये मृत्यु हुनेको अनुपात ४८ दशमलव ३ प्रतिशत रहेको छ। 

बुन्डिबुग्यो इबोला भाइरसका कारण फैलिएको प्रकोपले देशका सात प्रान्तका ६५ स्वास्थ्य क्षेत्रलाई प्रभावित पारेको छ। पूर्वी प्रान्त इटुरी यस प्रकोपको प्रमुख केन्द्र बनेको छ र यहाँ कुल सङ्क्रमितमध्ये ७० प्रतिशतभन्दा बढी भेटिएका छन्। 

यस भाइरसविरुद्ध अहिलेसम्म विशेष रूपमा स्वीकृत खोप वा उपचार उपलब्ध छैन । यद्यपि, यसको उपचारका लागि चिकित्सकीय परीक्षण भइरहेको छ। 

सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको महामारीपछि यो प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा देखिएको सबैभन्दा ठूलो र घातक इबोला प्रकोप हो। विश्वव्यापी रूपमा भने यो दोस्रो ठूलो इबोला प्रकोप बनेको छ।  

प्रकाशित: २८ आश्विन २०८३ १५:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App