१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

नेकपा एसका तीन अगुवा कार्यकर्ता एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादीको केन्द्रीय जलस्रोत विभाग सदस्य प्रा.डा.मोजराज बगाले नेकपा (एमाले) मा प्रवेश गरेका छन् । 

यसै गरी नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य जनम हमाल र कर्णाली प्रदेश सम्पर्क समन्वय कमिटी सदस्य कर्णबहादुर शाही पनि आइतबारै नेकपा (एमाले)मा प्रवेश गरेका छन् । 

पार्टीका महासचिव शंकर पोखरेलले उनीहरूलाई आइतबार पार्टी कार्यालय, च्यासलमा खादा लगाई स्वागत गरे । 

गोरखाको भीमसेन थापा नगरपालिका–१ का स्थायी बासिन्दा बगाले विद्यार्थी राजनीतिबाट अगाडि बढेका हुन  । उनी अमृत साइन्स क्याम्पस, लैनचौरका अनेरास्ववियुबाट स्ववियु सभापति भएका थिए । प्रा.डा. बगाले नेपाल पिएचडी फाउन्डेसनका उपाध्यक्ष पनि छन् । उनीसँग नेपाल, चीन र अमेरिकाका विश्वविद्यालयमा अध्यापनको अनुभव रहेको छ ।

प्रकाशित: ९ भाद्र २०८१ १६:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App