२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गृह जिल्लाको पहिरो प्रभावित क्षेत्र पुगे बागमतीका अर्थमन्त्री काफ्ले

शुक्रबार बिहान चरिकोट–सिंगटी सडकको झमार्सीमा अवरुद्ध सडक खुलाउने काम निरिक्षण गर्दै वागमती प्रदेश सरकारका अर्थमन्त्री कुन्दनराज काफ्ले । तस्बिर : रमेश खतिवडा/नागरिक

वागमती प्रदेश सरकारका आर्थिक मामीला तथा योजनामन्त्री कुन्दनराज काफ्ले शुक्रबार गृहजिल्ला दोलखा स्थित पहिरो प्रभावित क्षेत्र पुगेका छन् ।  

पहिरोले सदरमुकाम चरिकोटलाई उत्तरी भेगसँग जोड्ने दोलखा सिंगटी सडक अवरुद्ध हुँदा जनजिवन अस्तव्यस्त बनेपछि सडक डिभिजन कार्यालय दोलखाको टोलीलाई लिएर काफ्ले शुक्रबार बिहान पहिरो प्रभावित क्षेत्र कालिञ्चोक गाउँपालिका ४ स्थित झमार्सी पुगे ।

झमार्सीमा गुमुखोलाले सडक कटान गरेर पहिरो जादा तिन साता देखी उत्तरको केन्द्र सिंगटी बजारसँगको सम्पर्क टुटेको छ । उक्त स्थानमा ग्याबिन वाल उठाएर शुक्रबार दिउसो देखी हलुका सवारीहरु कटाउन सुरु गरिएको डिभिजन सडक कार्यालय चरिकोटले जनाएको छ ।  

मन्त्री काफ्लेले पहिरोले दोलखा जिल्लाका बिभिन्न सडकखण्डहरु अवरुद्ध पारेको, गाउँबस्तीमा प्रभाव पुगेकोबारे जिल्लाका अधिकारीहरु संग छलफल गरिरहेको र अवरुद्ध सडक खुलाउन र जोखिममा परेकाहरुलाई सुरक्षित स्थानमा पु¥याउन पहल भईरहेको सुनाए । 

अबिरल बर्षातका कारण दोलखा – सिंगटी, सुनखानी – साङबा, लामोसाँगु जिरी लगायत जिल्लाका लाईफलाईन सडकहरु पहिरोले अवरुद्ध हुने क्रम चलिरहेको छ । यस्तै ग्रामीण सडकहरु लामो समयदेखि अवरुद्ध छन् ।  

कालिञ्चोक गाउँपालिका ५ को बिशाल लापिलाङ पहिरोले बर्सेनि दु:ख दिईरहेको छ । उक्त पहिरो नियन्त्रण, बस्ती स्थानान्तरण लगायतका उपायबारे विज्ञहरुको परामर्शमा प्रदेश सरकारले काम गर्ने मन्त्री काफ्लेले सुनाए ।    

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री काफ्ले दोलखा प्रदेश सभा क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्छन् ।  

प्रकाशित: ७ भाद्र २०८१ १७:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App