२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सहमतिमै राजसंस्थालाई अभिभावकको रुपमा राखौं : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाल र नेपालीको अस्तित्व रक्षाको लागि राजसंस्थाको महत्त्वपूर्ण योगदान रहेको भन्दै अभिभावकको रुपमा सहमति मै राजसंस्था राख्न आग्रह गरेका छन् । 

राप्रपा नेपाल काठमाडौं- ८ क्षेत्रीय समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले धर्म, संस्कृती, मूल्य, मान्यता मासेर देश विकास नहुने भएकोले सनातन धर्मको संरक्षण गर्दै हिन्दुराष्ट्र बनाउनु पर्नेमा जोड दिए ।  

युवाहरुको भविष्य बर्वाद गर्ने अहिलेको व्यवस्थाले भ्रष्टाचार र कुशासनलाई सस्थागत गरेको उनको आरोप छ । भ्रष्ट तन्त्र र व्यवस्था धेरै लामो समय नटिक्ने समेत बताउँदै अध्यक्ष थापाले कुशासन भ्रष्टाचार गरेर देशलाई बर्वाद गर्ने भ्रष्ट व्यवस्था र शासकको अन्त्यका लागि नेपाली जनता जुर्मुराउनु पर्ने समय आएको उल्लेख गरे । 

थापाले बलियो राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दुवादी, राजसंस्थावादी शक्ति बनाउने हो भने राप्रपा नेपाल बलियो बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औल्याए । 

प्रकाशित: ६ भाद्र २०८१ १८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App