२५ भाद्र २०८१ मंगलबार
image/svg+xml
राजनीति

मन्त्रालय फुटाउने काेशीका मुख्यमन्त्रीकाे संकेत

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालयको संख्या बढाउन सकिने बताएका छन्।

आइतबार संसदीय पत्रकार मञ्चमा आबद्ध पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले कार्यबोझ थपियो/जिम्मेवारी बढ्यो भने ११ वटा सम्म मन्त्रालय पुर्‍याउन सकिने बताएका हुन्।

उनले हाललाई ९ वटा मन्त्रालय नै राख्ने आफ्नो अडान भने यथावत् रहेको स्पष्ट पारे। कांग्रेससँगसमेत हाललाई ९ वटा मनत्रालयमा नै भागबण्डा गर्नै सहमति भएको उनकाे दाबी थियाे।

मख्यमन्त्री कार्कीले एमालेलाई ५ र कांग्रेसलाई ४ वटा मन्त्रालय पाउने गरी कांग्रेससँग सहमति भएको सुनाए। कांग्रेसले मन्त्री पठाए लगत्तै मन्त्रीमण्डलले पूर्णता पाउने उनले जानकारी दिए।

हालसम्म कांग्रेसले कोशी प्रदेश सरकारमा मन्त्री पठाएको छैन। कांग्रेसले मन्त्रालयको संख्या बढाउन प्रस्ताव गरेको र मन्त्रालयको संख्या बढाउने विषयमा सहमति नभएका कारण सरकार विस्तारमा ढिलाइ भइरहेको चर्चा चलिरहेको बेला मुख्यमन्त्री कार्कीले मन्त्रालयको संख्या बढाउन सकिने अभिव्यक्ति दिएका हुन्।

कार्कीले भने ‘कार्यबोझ बढ्यो, जिम्मेवारी थपियो भने मन्त्रालयको संख्या अधिकतम ११ सम्म पुर्‍याउन सकिन्छ।’

कार्कीले सरकार विस्तार पछि मात्रै प्रदेशसभाको अधिवेशन बाेलाउने बताए। उनले सरकार गठन भएको एक सय दिन पुग्न लागेकाले चाँडै सय दिने उपलब्धि पनि सार्वजनिक गर्ने बताए।

प्रदेश सरकारले प्रदेशको समग्र विकासका लागि कामहरू अगाडि बढाउने तयारी गरेको जानकारी दिए।

उनले पुस सम्ममा प्रदेश सरकारले लगानी सम्मेलन, चिया महोत्सव, पर्यटन वर्ष मनाउने लगायतका कामहरू गरी कोशी प्रदेशको आर्थिक विकास र समृद्धिका लागि काम गर्ने योजना बनाएको जानकारी दिए।

प्रकाशित: २७ श्रावण २०८१ २०:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App