१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि, ११ प्रस्तावमाथिको छलफल जारी रहने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेबाट सुरु हुने बताइएको छ।

यसअघि बिहीवारको बैठकमा विभिन्न ११ प्रस्तावमाथि छलफल सुरु भएको थियो।

बैठकमा बुधवार उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गरेका ११ प्रस्तावमाथि छलफल सुरु भएको र आजपनि त्यसमा छलफल जारी रहने बताइएको छ।

बैठकमा महासमिति बैठकबाट पारित प्रस्ताव, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने साङ्गठनिक अभियान (भदौ १५–मंसिर २५), अनुशासनको कारवाहीका लागि भएका सिफारिस, पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपुर्ती, भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्था र निर्देशक समिति लगायत कार्यसम्पादनका निर्णय, क्रियाशील सदस्यता वितरण (नयाँ र नवीकरण) प्रक्रिया, जनसम्पर्क समिति, नियमावली संसोधन प्रस्ताव, कांग्रेस ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका, २०८१’ र समसामयिक राजनीति र अन्य विविध विषयसम्बन्धी प्रस्ताव पेस गरिएको छ।

प्रकाशित: २५ श्रावण २०८१ ०७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App