२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्री, सचिव र राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफलमा प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रालयका मन्त्री एवं सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं सदस्यहरूसँग छलफल गरिरहेका छन्।

प्रधानमन्त्री ओली सरकार गठन भएपछि पहिलोपटक उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलसहित सबै मन्त्री तथा सचिव र योजना आयोगका पदाधिकारीहरूसँगको छलफलमा बसेका हुन्।

सो छलफलमा सबै मन्त्रालयका सचिवहरूले आआफ्नो मन्त्रालयको वस्तुस्थिति एवं कामकाजका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउने बताइएको छ।

प्रकाशित: १३ श्रावण २०८१ १२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App