२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

अहिलेसम्मका सरकार म्यानपावर कम्पनीका दलाल : नारायणमान विजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालका सरकारहरु म्यानपावर कम्पनीहरुको दलाली गरिरहेको आरोप लगाएका छन्। सरकार स्वयम्ले साम्राज्यवादी देश र म्यानपावर कम्पनीहरुको दलाली काम गरिरहेको भन्दै उनले आपत्ति जनाए।

भक्तपुरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले साम्राज्यवादी देशहरुले नेपालीहरुको श्रमशोषण गरी सस्तो ज्यामी बनाइरहेको दाबी गरे। विद्यार्थीहरु विदेशिनेक्रम बढेसँगै नेपालका कलेजहरु बन्द हुने अवस्थामा पुगेको बताउँदै उनले विद्यार्थीहरुलाई नेपालमै उच्च शिक्षा हासिल गरी देशकै लागि सेवा गर्न शिक्षकहरुमार्फत मार्गनिर्देशन गरिरहनुपर्ने आवश्यकता औल्याए।  

अध्यक्ष बिजुक्छेँले देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको बताउदै विद्यार्थीहरुलाई प्रगतिशील राजनीति गर्न विद्यालय तहदेखि नै प्रेरित गर्नुपर्ने बताए। पुँजीवादी व्यवस्थालाई टिकाइराख्न वा स्थायित्व दिन वर्तमान शिक्षा व्यवस्थाले सहयोग गरिरहेको बताउँदै उनले शिक्षा क्षेत्रमा भइरहेको व्यापक निजीकरण र व्यापारीकरण यसका ज्वलन्त उदाहरण भएको बताए।

अध्यक्ष बिजुक्छेँले युवा विद्यार्थीहरु अध्ययन र रोजगारीको सिलसिलामा विदेशिने क्रम झन्झन् बढ्दै गइरहेको बताउँदै सरकारले युवाहरुलाई स्वदेशमै रोजगारीको बन्दोबस्त नगरेसम्म युवाहरुको विदेशिने क्रमलाई रोक्न नसकिने बताए । 

प्रकाशित: ११ श्रावण २०८१ १६:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App