२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

विमान दुर्घटना: पाँच सदस्यीय जाँचबुझ आयोग गठन

सरकारले बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने

फाइल।

सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको जाँचबुझका लागि आयोग गठन गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको हो।

उक्त आयोगको सदस्यहरुमा दिपुराज ज्वारचन, डा. सुदिप भट्टराई सञ्जय अधिकारी र सदस्य सचिवमा मुकेश डंगोल छन्। आयोगलाई जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ।

संचारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङका अनुसार विमानहरूको अनिवार्य प्राविधिक परीक्षण गर्न समेत निर्देशन दिइएको छ। साथै सरकारले ज्यान गुमाएकाहरुको शोकमा भोली बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अमितमान महर्जन, सागर आचार्य (सेफ्टी प्रमुख), अश्विन निरौला (सिएएमओ म्यानेजर), दिलीप वर्मा (क्यूए प्रमुख), यज्ञप्रसाद पौडेल, शुसान्त कटुवाल (को–पाइलट), सुदीपलाल जोशी, सर्वेस मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, मनुराज शर्मा, सन्तोष महतो, पुण्यरत्न शाही, एरिफ रेडा (विदेशी नागरिकले ज्यान गएका छन्।

क्याप्टेन मनिषरत्न शाक्य घाइते छन्। उनको उपचार जारी छ।

प्रकाशित: ९ श्रावण २०८१ १८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App