२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीमाथि नै संकट देखेपछि जनमतले अर्थ छाड्यो, चार मन्त्रालय लिएर कांग्रेस सरकारमा जाने

जनमत पार्टी नेतृत्वको मधेश प्रदेश सकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ। कांग्रेसले अर्थसहित चार मन्त्रालय लिएर बिहीबार नै सरकारमा सहभागी हुने भएको छ।  

अर्थ मन्त्रालयमा सुनिलकुमार यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा जनार्दन सिंह क्षेत्री, उर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयमा शेष नारायण यादव र श्रम तथा यातायात मन्त्रालयमा कौशल किशोर रायलाई पठाउने निर्णय भएको कांग्रेस सांसद मोहम्मद समिमले जानकारी दिए ।

उनीहरुको शपथ आजै पाँच बजेका लागि निर्धारण गरिएको छ ।  

असार २२ गते मुख्यमन्त्री सतिश कुमार सिंहलाई विश्वासको मत दिनुअघि अर्थसहित चार मन्त्रालय कांग्रेसलाई दिने मुख्यमन्त्री सहमत भएको थियो । सोही सहमती अनुसार कांग्रेसले चार मन्त्रीको नाम टुंगो लागाएर शपथ ग्रहणको तयारीमा थिए । तर अन्तिम समयमा मुख्यमन्त्री सिंहले अर्थमन्त्रालय नदिने भनेपछि अर्थ बिना सरकारमा सहभागी नहुने अडानसहित कांग्रेसपछि हटेको थियो। 

जमनत नेतृत्वको मुख्यमन्त्री सिंहले आफूहरुसँग गरेको सम्झौता पालना नगरेको भन्दै कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले वर्तमान सरकारको विकल्प खोज्ने बताएका थिए ।  

मुख्यमन्त्री सिंहलाई नेकपा एमाले, लोकतान्त्रिक पार्टी समाजवादी पार्टी (लोसपा) र कांग्रेसको समर्थन रहेको छ । 

प्रकाशित: ३ श्रावण २०८१ १५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App