५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न आफ्नो मुलुक सहयोगी हुनेछ: स्वीट्जरल्यान्डका राजदूत

काठमाडौं– सभामुख देवराज घिमिरेसँग बुधबार नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. डेनियल म्यूलि मोन्टेलियोनले शिष्टाचार भेट गरेकी  छन्। सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय हित, विकास सहयोग र संसदीय आदान प्रदानका विषयमा छलफल भएको छ।  

भेटमा सभामुख घिमिरेले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भए पश्चात नेपाल र स्वीट्जरल्यान्डबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्दपूर्ण रहेको उल्लेख गर्दै नेपालले स्वीट्जरल्यान्डसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिंदै आएको बताए।  

नेपालको संघीय संसदमा नेपाल–स्वीट्जरल्यान्ड संसदीय मैत्री समूह गठन भएको जानकारी दिँदै सभामुख घिमिरेले मैत्री समूहको गठनबाट दुई देशबीचको संसदीय सम्बन्ध अझ मजबुत हुँदै दुई देशबीच संसदीय सहकार्यमा सहजता आउने विश्वास व्यक्त गरे। ‘गत महिना नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डको भ्रमण गर्नुभएको थियो। स्वीट्जरल्यान्डका राष्ट्रपति भियोला एमहर्डले पनि नेपाल आउने इच्छा राख्नुभएको सुनेको छु,’ सभामुख घिमिरेले भने, ‘उच्चस्तरीय भ्रमणले जनतासँगको सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्नेछ।’

नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तोरन्नति हुने क्रममा रहेकोले नेपाल सरकारले त्यसको तयारी गरिरहेको बताउँदै सभामुख घिमिरेले विकास साझेदारहरुबाट श्रोत–साधन, प्रविधि लगायत आर्थिक साझेदारीको अपेक्षा गरेको बताए।  

भेटमा स्वीट्जरल्यान्डका राजदूत डा. मोन्टेलियोनले विकास सहयोगको प्राथमिकतामा नेपाल रहेको बताउँदै दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकांक्षा पूरा गर्न आफ्नो मुलुक सहयोगी हुने बताइन्। नेपालको शान्ति प्रकृयामा सुरुवाती चरणदेखि नै स्वीस सरकारको महत्वपूर्ण सहयोग गरेको स्मरण गर्दै उनले संविधान कार्यान्वयनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिएकी थिइन्।  

प्रकाशित: २ श्रावण २०८१ १८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App