१० भाद्र २०८१ सोमबार
image/svg+xml
राजनीति

विपिन जोशीको खोजी गरी फिर्ता ल्याउन पहल गर्छौं: मन्त्री राणा

नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणाले हमास आक्रमणमा बेपत्ता विपिन जोशीको खोजी गरी फिर्ता ल्याउन पहल गर्ने बताएकी छिन्। सोमबार मन्त्रालयको पदभार ग्रहण गरेसँगै उनले यस्तो बताएकी हुन्।

नेपाली युवा विपिन जोशी इजरायली भूमिबाट प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा परेको थिए। उनको अवस्था हालसम्म पनि अज्ञात छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का २४ वर्षीय विपिन सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत इसराइल गएका थिए। हमासको कब्जामा परेयता उनी कसैको सम्पर्कमा छैनन्।

नेपाल सरकारले उनको खोजीका लागि बारम्बार पहल गरेता पनि सरकारकाे पयत्न असफल हुँदै आएकाे छ। यसै सन्दर्भमा नवनियुक्त डा. राणाले विपिनलाई फिर्ता ल्याउन थप पहल गरिने आश्वासन दिएकी हुन्।

मन्त्री डा. राणाले विदेशमा गएका नेपालीहरुलाई परेको समस्या समाधानमा पनि मन्त्रालयले विशेष चासोका साथ काम गर्ने प्रतिबद्धता जनाइन्।

प्रकाशित: ३१ असार २०८१ १७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App