४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसले मन्त्री छान्दा समावेशी र प्रादेशिक सन्तुलन कायम राख्ने

नेपाली कांग्रेले समावेशी र प्रादेशिक सन्तुलन कायम गरेर नयाँ सरकारमा मन्त्री पठाउने भएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो मापदण्ड तय गरेको हो।

बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले मुख्य तीनवटा निर्णय भएको सुनाउँदै त्यसमा मन्त्रीको विषयमा भएको मापदण्ड पनि तय भएको बताएका हुन्।

‘नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागि हुने मन्त्री चयन गर्दा मुख्यगरी समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय भएको छ,’ महतले भने।

प्रकाशित: २९ असार २०८१ १६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App