२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैनः सांसद सिंह

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले देशलाई अहिलेको अवस्थाबाट निकास दिनु बाहेकको विकल्प नभएको बताएका छन्।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो जिकिर गरेका हुन्। देशलाई निकास दिन ठूला राजनीतिक दलहरुले सोच्ने बेला आइसकेको र संविधान संशोधनका लागि दुई ठूला राजनीतिक दलहरु मिल्नु राम्रो भएको उनकाे टिप्पणी थियो।

उनले भ्रष्टाचार गर्ने कुनेपनि नेताहरुलाई कारबाही गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरे।

‘जुन अवस्था देशको छ, त्यसलाई निकास दिने बाहेक अर्को विकल्प छैन। त्यसको लागि ठूला पार्टीहरुले सोच्ने बेला आइसकेको छ। जसको जसको फाइल बनेको छ, जसले भ्रष्टाचार गरेका छन्, म रविजीलाई भन्न चाहन्छु, अझै गृहमन्त्री हुनुहुन्छ, तत्काल कारबाही गर्नुस् न नेपाली जनताले यो चाहेका छन्। अहिलेसम्म खालि एउटाले अर्कोलाई आरोप लगाउने बाहेक कुनै काम भएको छैन। गलत काम कोही ठूला नेताले गर्छ भने कारबाही गर्नुस्। निर्दोषलाई फसाउन पाइँदैन।’

सांसद सिंहले मन्त्री खानका लागि राप्रपा मरिहत्ते नगर्ने बताए।

प्रकाशित: २४ असार २०८१ १८:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App