२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

संसदमा प्रधानमन्त्रीले दुई दल किन मिल्नुभयो भन्नी प्रश्न गर्न खोज्नुभएको हो: अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने बताएका छन्।

आईतवार संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्।

उनले एमाले कांग्रेस सत्ता समिकरण संविधान संशोधन गरी प्रश्चगमनतिर लैजाने गरी भएको दाबी गरे। संसद फेस गरेर प्रधानमन्त्रीले एमाले र कांग्रेससँग दुई दल किन मिल्नुभयो भनेर प्रश्न गर्न खाजेको बताए। उनले संविधान संशोधन भनेको पश्चगमनतिर जानु भएको भन्दै अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको बताए।

उनले माओवादीले कार्यकारी राष्ट्रपति र पुनः समानुपातिक निर्वाचनमा जादाँ समर्थन गर्ने भन्दै किन एक्लै हिँड्न खोज्नुभयो? भन्ने प्रश्नको जवाफ चाहेको बताए। उनले एमाले कांग्रेस गणतन्त्र ,संघीयता, समानुपातिक र समावेशीताबाट पछाडि हट्न खाजेको भन्दै माओवादीलाई स्वीकार्य नहुने बताए।

उनले सुशासनको पक्षमा काम गरेको र ठूला फाइलहरु खाल्न शुरु गर्दा एमाले कांग्रेस आत्तिएर गठबन्धन गरेको आरोप लगाए।  

प्रकाशित: २३ असार २०८१ १७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App