२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

मधेसका मुख्यमन्त्रीले पाए विश्वासको मत

माओवादी केन्द्र, नेकपा एस र जसपा नेपाल विपक्षमा

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन्।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री सिंहले शनिबार प्रदेश सभामा विश्वासको मत मागेका थिए । सिंहले विश्वासको मत माग्दा १०७ सदस्यीय प्रदेशसभामा १०१ सांसद उपस्थित थिए।  

उपस्थित सांसदमध्ये सिंहको पक्षमा ६७ सांसदले विश्वासको मत दिएका छन् भने विपक्षमा ३४ मत परेको छ ।  

मुख्यमन्त्री सिंहलाई उनको जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्तिका सांसदले विश्वासको मत दिएका छन्।

विपक्षमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाललगायतका दलले विपक्षमा मत दिएका छन्।  

प्रकाशित: २२ असार २०८१ १६:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App